चोरीको सामानसहित दुई पक्राउ

चोरीको सामानसहित दुई पक्राउ

सिरहामा चोरीको सामानसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–१० का कृष्ण यादव र शिवा पण्डित रहेका छन् । लकडाउनको मौका छोपी स्थानीय व्यापारी पवन साहको पसलबाट चोरी भएको सामानसहित स्थानीयवासीले दुवैजनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

आवश्यक अनुसन्धानका लागि दुवैजनालाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पठाइएको इलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक हिरा यादवले जानकारी दिए ।

पसलबाट चोरी भएको सामान स्थानीय जयप्रकाश साहको घरबाट बरामद भएको र साहकै बयानका आधारमा दुवैजनालाई पक्राउ गरिएको स्थानीयवासीले बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.