राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

प्रहरीले पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए ।

एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइ प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.