मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ

प्रहरीले रुपन्देहीबाट मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेकाे छ ।

बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका–१ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवन पुन, देवदह नगरपालिका–११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमार रहेका छन् ।

अनुसन्धानका क्रममा उक्त समूहले ४ वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा लुकाई राखेको पत्ता लागेको र सबै सवारी साधन बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.