कोठाको ढोका फुटाएर चोरी गर्दै गरेकाे अवस्थामा दुई जना पक्राउ

कोठाको ढोका फुटाएर चोरी गर्दै गरेकाे अवस्थामा दुई जना पक्राउ

सिन्धुपाल्चोक साँगागढी घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित ३६ वर्षीया ममता श्रेष्ठको दुईतले घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई हाल काठमाडौ बस्ने  १८ वर्षीय पुजन लिम्बू र काभ्रे घर भई हाल काठमाडौं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङ रहेका छन् । उनिहरुलाई प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

प्रहरीले पक्राउ परेका लिम्बूको साथबाट ताल्चा फुटाउने एक थान छिनो र नगद पाँच हजार ३१५ रुपैयाँ र तामाङको साथबाट एक थान खुकुरी १५ हजार ५०० रुपैयाँ बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.