सुनको ब्रासलेट तथा मोबाइल लुटपाट

सुनको ब्रासलेट तथा मोबाइल लुटपाट

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको छ ।

३ जना अपरिचित व्यक्तिले उनको साथबाट उक्त सामान लुटपाट गरी फरार भएको बताइएको छ ।

यस सम्बन्धमा उजुरी परेपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले  आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.