छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ र

काठमाडौं,काठमाडौं महानगरपालिका-४ धुम्वाराही डेरा गरी बस्ने नुवाकोट बेलकोट नगरपालिका-८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने भुवानन्द भट्टराईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.