घर निर्माणमा प्रयोग हुने सामान चोर्दाचोर्दै गाडीसहित २ जना रंगेहात पक्राउ

घर निर्माणमा प्रयोग हुने सामान चोर्दाचोर्दै गाडीसहित २ जना रंगेहात पक्राउ

महानगरीय प्रहरी वृत कीर्तिपुरले घर निर्माणमा प्रयोग हुने फलामे टेकाहरु चोरी गरिराखेको अवस्थामा डीआई हात्ती गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– ७ लगनखेल बस्ने बर्ष ३६ को बिनोद विक र भारतका अर्का एक १४ वर्षीय बालक रहेका छन् ।कीर्तिपुर नगरपालिका–४ पुष्पलाल पार्कस्थित एक घर निर्माणको लागि चाहिने सामाग्री फलामे टेकाहरु चोरी गरेको अवस्थामा सामान र बा.१३च ७१९८ नम्बरको डीआई हात्ती गाडीसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.