लुटपाटमा संलग्न एक युवक पक्राउ

लुटपाटमा संलग्न एक युवक पक्राउ

सर्लाहीको कविलासी नगरपालिका–५, रनियाबाट प्रहरीले लुटपाटमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बसबरिया गाउँपालिका–४, धनगढा गुनर्वा टोलका १९ वर्षीय रोहितकुमार साह रहेका छन् । बुधबार राती करिब १० बजे हरिपुर नगरपालिका–७, पचगछियामा लागेको माघी मेला भरेर घर फर्किदै गरेका एक जनालाई रनिया गाउँमा नियन्त्रणमा लिई लुटपाट गर्दै गर्दा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट बीआर ३० भी ८३०७ र बीआर ३० यू ०७५९ नम्वरको दुई वटा मोटरसाइकल पनि बरामद गरेकाे छ । लुटपाटमा संलग्न अन्य पाँच जना फरार भएका र उनीहरुको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.