दिल्लीबाट चोरी गरी ल्याएको ६४ लाख भारुसहित तीन पक्राउ

दिल्लीबाट चोरी गरी ल्याएको ६४ लाख भारुसहित तीन पक्राउ

प्रहरीले कैलालीबाट भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको ६४ लाख भारतीय रुपैयासहित तीनजनालाई पक्राउ गरेकाे छ । ज

पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

यस्तै प्रहरीले उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।

बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.