काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-४ स्थित डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएकी २५ वर्षीया भोला कुमारी बिडारीको कोठाबाट नगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गहना तथा सोही घरमा घरमा डेरा गरी बस्ने सर्लाही वरहवा नगरपालिका-६ घर भएका कुल बहादुर श्रेष्ठको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना गरी दुवै जनाको कोठाबाट गरी करिब ४ लाख १४ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

ललितपुर, ललितपुर नगरपालिका-२० पाटनढोका डेरा गरी बस्ने लमजुङ सुन्दरबजार घर भएकी ३१ वर्षीया अम्बिका दुवाडीको कोठाबाट बुधबार साँझ करिब ५ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.