काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-९ सृजना चोक बस्ने सुन्दर खडकाको घरबाट नगद ५० हजार रुपैयाँ, आधा तोलाको सुनको तिलहरी, घडी १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-३ धोविघाट भ्यू कोलनी डेरा गरी बस्ने ५० वर्षीया सानुमाया खड्काको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.