ललितपुर र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

ललितपुर र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

ललितपुर र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने मोरङ घर भएका खडग बहादुर राईको कोठाबाट सुन तथा चाँदीका बिभिन्न गरगहना गरी समेत गरी करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

ललितपुर,ललितपुर महानगरपालिका-२८ हात्तीवनस्थित रकिन भान्सा घरबाट नगद तथा सुनका बिभिन्न गर-गहनाहरु समेत गरी करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सैनिक स्कुलको क्वाटरमा बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका सरस्वती बोहोराको कोठाबाट सुनका बिभिन्न गर-गहनाहरु गरी करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.