काठमाडौं र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं र भक्तपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ वाण भञ्ज्याङ बस्ने भुवनेश्वर शर्माको घरबाट नगद तथा सुनका विभिन्न किसिमका गरगहना समेत गरी १२ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

काठमाडौं, तारकेश्‍वर नगरपालिका-२ शान्तिधामस्थित शान्तिधाम मन्दिरबाट चन्दा बाकसमा रहेको नगद ५० हजार रुपैयाँ, सुनको हार १ थान, सुनको मुकुट १ थान र सुनको चन्द्रमा १ थान आइतबार बिहान चोरी भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईट बस्ने स्वस्थानी खड्काको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.