भारतबाट लाखौं रकम लुटेर फरार भएका नेपाली दाङबाट पक्राउ

भारतबाट लाखौं रकम लुटेर फरार भएका नेपाली दाङबाट पक्राउ

प्रहरीले दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेकाे छ ।

मजदुरीका लागि भारत गएको बेला लुटेर ल्याएको भारतीय रुपैयाँसहित घोराही उपमहानगरपालिका–१२ टिकरीका विशाल भनिने गोकर्ण बहादुर विकलाई पक्राउ गरेकाे हाे ।

भारतको हरियाणा राज्यको चरसीदादरीमा घरेलु कामदारका रुपमा काम गर्ने विकले भारतीय रुपैयाँ लुटेर भागेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५ सय दरका १८ सय थान, २ सय दरका १ हजार ५ सय ९९ सय थान, १ सय दरका १ हजार ५ सय ९९ थान, ५० दरका २ सय थान र १० दरका १ सय ४७ थान गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँ र नेपाली रुपैयाँमा सटही गरेको ७७ हजार रुपैयाँ बरामद गरेकाे छ ।

प्रहरीले पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.