‘टेष्ट राइड’ गर्छु भन्दै मोटरसाइकल चाेरेपछि …
कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।
काठमाडौँमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले रु छ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे ।
बरालले किन्नु अगाडि ‘टेष्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने । टेष्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गरे ।
प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै रु २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।
पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए । उसले यसअघि पनि टेष्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए ।
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...