ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जना पक्राउ

ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन् ।

गत शनिबार उक्त कारखानामा भएको चोरीको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.