
पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय मोरङ दरवन्दीका प्रहरी निरीक्षक पपु नायकलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
Facebook Comments
प्रकाशित मिति : मङ्गलबार, माघ ६, २०७७ ११:२२:२२
Facebook Comment
अरु समाचार
सर्वोत्कृष्ट प्रदेश प्रहरी
बागमती प्रदेश प्रहरी कार्यालयले एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदे...
प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाका...
जिल्ला प्रहरी कार्यलय धादीङले प्रहरी चौकि मैनापाेखरी दाेलखा दरबन्दी...
प्रहरी जवान सुर्य बहादुर थापा
साउन महिनाको पुलिस अफ द मन्थ प्रहरी जवान सुर्य बहादुर थापा घोषित भए...
प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवार बैश...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी लोदिया दानावारी...
गोरखाका प्रहरी जवान रामबहादुर महतो माघ महि...
जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी जवान रामबहादुर महतोलाई माघ मह...
प्रहरी जवानद्वय माघ महिनाको सर्वोत्कृष्ट प...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनस...
प्रहरी जवान भक्त बहादुर नहर्की माघ महिनाका...
गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यल...
प्रहरी सहायक निरीक्षकद्वय पौष महिनाको सर्व...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले क्षेत्रीय अनुसन्धान समूह (R...