प्रहरी जवान सुर्य बहादुर थापा

प्रहरी जवान सुर्य बहादुर थापा

साउन महिनाको पुलिस अफ द मन्थ प्रहरी जवान सुर्य बहादुर थापा घोषित भएका छन।

व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त जिल्ला प्रहरी कार्यालय, कास्की र मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत/सम्मान गर्ने गरिएको हो।

श्रावण महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित/पुरस्कृत प्रहरी जवान सुर्य बहादुर थापालाई प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

साथै उत्कृष्ट कार्य गरि विभिन्न प्रहरी अधिकृत तथा जवान हरुलाई समेत नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको र कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायिक र लगनशील भई कार्यक्षेत्रमा प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.