प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवार बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी

प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवार बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी लोदिया दानावारी ईलाममा कार्यरत प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवारलाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई १ नम्बर प्रदेशभित्रकाे सर्वोत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेका थिए । 

उनले सम्पादित कार्यको मुल्याङ्कन भई आफु पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै आफुलाई संगठनले ठुलो सम्मान गरेको र आगामी दिनहरुमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.