गोरखाका प्रहरी जवान रामबहादुर महतो माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

गोरखाका प्रहरी जवान रामबहादुर महतो माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी जवान रामबहादुर महतोलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी उच्च व्यवसायिक र कुशल ढंगबाट सम्पादन गर्नुका साथै अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा महत्वपूर्ण योगदान दिन सफल भएकाे भन्दै  उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना पुलिस अफ द मन्थ घोषणा गर्ने परम्परा सुरु गरेकाे छ ।

यस अभियानलाई निरन्तरता दिदै जाने एसपी ओम अधिकारीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.