प्रहरी जवानद्वय माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी जवानद्वय माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राईलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई १ नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनिहरुले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै प्रतिबन्धित लागूऔषध ओसार-पसार, अवैध रुपमा बिभिन्न किसिमका खाद्यान्न सामानहरु तस्करीमा संलग्न व्यक्तिहरु एवं बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी  नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेका थिए ।

पुरस्कृत प्रहरी कर्मचारीहरुले सम्पादित कार्यको मुल्याङ्कन भई आफु पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै आफुलाई संगठनले ठुलो सम्मान गरेको र आगामी दिनहरुमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.