प्रहरी जवान भक्त बहादुर नहर्की माघ महिनाकाे उत्कृष्ट प्रहरी

प्रहरी जवान भक्त बहादुर नहर्की माघ महिनाकाे उत्कृष्ट प्रहरी

गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीमा कार्यरत  प्रहरी जवान भक्त बहादुर नहर्कीलाई माघ  महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई गण्डकी प्रदेश भित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै नहर्कीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.