प्रहरी सहायक निरीक्षकद्वय पौष महिनाको सर्वोत्कृष्ट प्रहरी

प्रहरी सहायक निरीक्षकद्वय पौष महिनाको सर्वोत्कृष्ट प्रहरी

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले क्षेत्रीय अनुसन्धान समूह (RIT) मा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मोक्तान र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बुलाई पौष महिनाको उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई १ नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनिहरुले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै अवैध हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेका थिए ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

पुरस्कृत प्रहरी कर्मचारीहरुले सम्पादित कार्यको मुल्याङ्कन भई आफु पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै आफुलाई संगठनले ठुलो सम्मान गरेको र आगामी दिनहरुमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

गत मंसिर महिनामा इलाका प्रहरी कार्यालय दिङला भोजपुरमा कार्यरत महिला प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.