प्रहरी जवान सविना खत्री मंसिर महिनाकाे उत्कृष्ट प्रहरी

प्रहरी जवान सविना खत्री मंसिर महिनाकाे उत्कृष्ट प्रहरी

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई मंसिर महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई १ नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकी थिइन् ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै खत्रीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताइन् । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिइन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.