प्रहरी सहायक निरीक्षक कमल प्रसाद भट्टराई असाेज महिनाकाे उत्कृष्ट प्रहरी

प्रहरी सहायक निरीक्षक कमल प्रसाद भट्टराई असाेज महिनाकाे उत्कृष्ट प्रहरी

पाँच नम्बर प्रदेश प्रहरी कार्यलय दाङले प्रहरी चौकि मेउडिहवा, रूपन्देही दरबन्दी भई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक कमल प्रसाद भट्टराईलाई असाेज महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई दिएकाे जिम्मेवारी पूर्णरुपमा लगनशील तथा कर्तब्यनिष्ट रहि पुरा गरेकाे भन्दै  उनलाई पाँच नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै सर्बसाधारण नागरीकहरुलाई सुरक्षाकाे अनुभति हुने गरी समाजमा सान्ति सुरक्षा कायम गरी संगठनकाे उदेश्य प्राप्त गर्ने कार्य उत्कृष्ट तबरले गरी आम नागरीक माझ प्रहरी सगठनकाे छवि उच्च गराउने कार्य गरेका थिए ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुरेश विक्रम शाहद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै भट्टराईले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.