प्रहरी सहायक निरीक्षक युवराज गाैतम भदाै महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

प्रहरी सहायक निरीक्षक युवराज गाैतम भदाै महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

पाँच नम्बर प्रदेश प्रहरी कार्यलय तुलसीपुर दाङले जिल्ला प्रहरी कार्यलय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक युवराज गाैतमलाई भदाै महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीको निर्देशन अनुरुप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ट रही पुरा गरेकाे भन्दै उनलाई पाँच नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

उनले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै सर्बसाधारण नागरीकहरुलाई सुरक्षाकाे अनुभति हुने  गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उदेश्य प्राप्त गर्ने कार्यमा आफू र मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गर्दै आम नागरिक नागरीक माझ प्रहरी सगठनकाे छवि उच्च गराउने कार्य गरेका थिए ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुरेश विक्रम शाहद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै गाैतमले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.