प्रहरी हवल्दार लालमणी शिबाकाेटी असार महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

प्रहरी हवल्दार लालमणी शिबाकाेटी असार महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा

तीन नम्बर प्रदेश प्रहरी कार्यलय हेटाैडा मकवानपुरले प्रहरी चाैकी बैरेनी,धादिङ दरबन्दि भइ प्रहरी चाैकी मलेखुमा कार्यरत प्रहरी हवल्दार लालमणी शिबाकाेटीलाई असार महिनाकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरीकाे निर्देशन अनुरुप आफुलाई सुम्पिएकाे जिम्मेवारी अत्यन्तै इमान्दार, व्यवसायिक,लगनशील तथा कर्तब्यनिष्ट रहि समग्र जिल्लाकाे शान्ति सुरक्षा र अपराध तथा नियन्त्रणमा प्रभाबकारी भुमिका निर्बाह गर्नु भएकाे भन्दै शिबाकाेटीलाई तीन नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

शिबाकाेटीले संगठित प्रकृतिकाे अपराधकाे अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्नुका साथै सर्बसाधारण नागरीकहरुलाई सुरक्षाकाे अनुभति हुने गरी समाजमा सान्ति सुरक्षा कायम गरी संगठनकाे उदेश्य प्राप्त गर्ने कार्य उत्कृष्ट तबरले गरी आम नागरीक माझ प्रहरी सगठनकाे छवि उच्च गराउने कार्य गरेका थिए ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक शेर बहादुर बस्नेतद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै शिबाकाेटीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.