प्रहरी नायव उपरीक्षक निर्मल बुढाथाेकी ५ नम्बर प्रदेशकाे उत्कृष्ट प्रहरी

प्रहरी नायव उपरीक्षक निर्मल बुढाथाेकी ५ नम्बर प्रदेशकाे उत्कृष्ट प्रहरी

पाँच नम्बर प्रदेश प्रहरी कार्यलय तुलसीपुर दाङले जिल्ला प्रहरी कार्यलय प्युठनका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथाेकीलाई उत्कृष्ट प्रहरी घाेषणा गरेकाे छ ।

नेपाल प्रहरी संगठनले आफुलाई दिएकाे जिम्मेवारी अत्यन्तै ब्यवशायीक,लगनशील,पारदर्शी तथा इमान्दारीका साथ पुरा गर्दै समग्र जिल्लाकाे शान्ति सुरक्षा,अपराध अनुसन्धानमा उत्कृष्ट तबरले कार्य सम्पादन गरेकाे भन्दै  उनलाई पाँच नम्बर प्रदेशभित्रकाे उत्कृष्ट प्रहरी घाेषणा गरेकाे हाे ।

प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायक उपरिक्षक पिताम्बर अधिकारीद्वारा जारि पत्रमा उत्कृष्ट कार्य गरेबापत उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे जनाइएकाे छ ।

उत्कृष्ट भएसँँगै बुढाथाेकीले आगामि दिनमा आम सर्बसाधारणकाे समस्यालाई महसुस गरी अघि बढ्ने र अपराध नियन्त्रणामा कटिबद्ध भएर लाग्ने बताए । उनले आफ्नाे कार्यमा पत्रकार र स्थानियले दिएकाे साथ र सहयाेगकाे कदर गर्दै धन्यबाद दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.