सीबीआईका ‘मोस्ट वान्टेड’ नेपालमा पक्राउ

सीबीआईका ‘मोस्ट वान्टेड’ नेपालमा पक्राउ

भारतको चेन्नईमा रहेको एउटा ख्यातीप्राप्त बैंकको लकरबाट ४० लाख भारतीय रुपैयाँ बराबरका गरगहना लुटेर फरार रहेका एक जना आरोपी नेपालमा पक्राउ परेका छन्।

चेन्नईको विरुगमबक्कम क्षेत्रमा रहेको इन्डियन ओभरसिज बैंकमा सोमबार भएको लुटपाटमा संलग्न सुरक्षा गार्ड सबिलाललाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्य टाइम्स अफ इन्डियाका अनुसार सविलालले सूचना दिने लुटनमा सहयोग पु¥याउन काम गरेका थिए। चेन्नई प्रहरीले बैंकबाट लुटिएका गहना लिएर सबिलाल नेपाल छिरेको आशंकामा उनलाई पच्छयाई रहेको थियो।

उक्त बैंकमा कार्यरत रहेका सबिलाल उनका छोरा ढिल्लुलालसहित अन्य चार जनाले बैंकको दुई शाखाका लकर फोडेर सुन, हीरा र रुबी जडित गरगहना चोरेका थिए। चेन्नई प्रहरीले नेपाली दुई जना सुरक्षा गार्ड र एक जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.