स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

बा.५३ प ६५७६ नम्बरको स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने सिन्धुलीका रबिन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित रामभोले मोटर ड्राइभिङ सेन्टरबाट उक्त स्कुटर र २ थान मोबाइल चोरी भएको खबर प्राप्त हुनासाथ घटनामा संलग्नको खोजी गर्ने क्रममा मध्यपुर ठिमी नगरपालिका-४ स्थित चोकबाट थापालाई उक्त स्कुटर र मोबाइल सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.