ट्राफिक जरिवाना बढ्दै, तीन हजारदेखि पाँच हजार सम्म पुर्‍याइने

ट्राफिक जरिवाना बढ्दै, तीन हजारदेखि पाँच हजार सम्म पुर्‍याइने

ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिबाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बढेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आवश्यकता अनुसार जरिबाना शुल्क समेत बढाउन निर्देशन दिनुभएको छ ।

हाल ट्राफिक नियम उलङ्घन गर्दा रु पाँच सय देखि रु एक हजार सम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर रु तीन हजार देखि पाँच हजार सम्म पुर्याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।

ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहर सहित ट्राफिक जरिवाना बढाउन लागिएको हो

ट्राफिक नियममा कडाई सुरु

बिहिबारको बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमको पालनाका लागि कडाईका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिए लगत्तै ट्राफिक नियममा आजदेखि कडाई सुरु भएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखिनै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागु गरीएको छ ।
आगामी आईतबार देखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।
मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.