३३ किलो सुन काण्ड रहस्यमय,नेपाल एयरलाइन्सका लोडरले हिरासतमै आत्महत्या गरे

३३ किलो सुन काण्ड रहस्यमय,नेपाल एयरलाइन्सका लोडरले हिरासतमै आत्महत्या गरे

क्राइमन्युज संवाददाता

३३ किलो सुन काण्डमा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले हिरासतमै आत्महत्या गरेका छन् ।

सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका उनले सुरुवालले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त सिहदरबारमा उनले आत्महत्या गरेपछि यस घटना झन रहस्यमय भएको छ।

२ महिनाअघि विमानस्थल हुँदै भित्रिएको ३३ किलोग्राम हराएको थियो। यस विषयमा गृह मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेल नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

यस घटनामा प्रकृया नपुर्याइ काम गरेको भन्दै महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसीलाई हेडक्वाटर तानिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.