आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा

आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा

नेपालमा प्रहरीमा आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा गएका छन् ।

यही चैत २८ गते बुधबारबाट आइजिपी अर्यालसहित १५ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी नियमित अवकाशमा गएका हुन्।

३० वर्षे सेवा अवधिबाट एआइजीहरु कमलसिंह बम, केशरीराज घिमिरे, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पंकज श्रेष्ठ अवकाशमा गए।

त्यस्तै एआइजीहरु पशुपति उपाध्याय, बमबहादुर भण्डारी, बिजयकुमार भट्ट, बिजयलाल कायस्थ, मधु प्रसाद पुडासैनी, माधव प्रसाद नेपाल, माधवप्रसाद जोशी, मिङ्मार लामा, रणबहादुर चन्द र हेमन्तबहादुर पाल पनि बुधबारबाट अवकाशमा गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै डिआइजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, गोबिन्द प्रसाद निरौला, पुष्कलराज रेग्मी, पुष्पचन्द्र रन्जित, रमेशकुमार भट्टराई, रोमेन्द्रसिंह देउजा सुदीप आर्चाय अवकाशमा गए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.