प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका खनाल २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

कुमार घैंटेको इन्काउन्टर, राष्ट्रियतासँग जोडिएको फुटवलको म्याच फिक्सिङ, रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्दै आएका पेट्रोल पम्प संचालकहरुलाई खनालले पक्राउ गरेका थिए।

१२ जना नक्कली इन्जिनियर पक्राउ, तराईका जिल्लाहरुमा भुमिगत समूहहरु नियन्त्रण खनालका मुख्य मुख्य काम अन्तर्गत पर्छन्।

सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका शैलेन्द्र खनालले भने २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवामा प्रहरी निरीक्षक भएर प्रवेश गरेका उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.