अबकाे अाइजी काे ?, सशस्त्रमा तीन, प्रहरीमा चार दावेदार

अबकाे अाइजी काे ?, सशस्त्रमा तीन, प्रहरीमा चार दावेदार

  • देवबहादुर कुँवर

नेपाल सरकारका दुईवटा महत्वपूर्ण सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले आगामी साताबाट नयाँ नेतृत्व पाउने छन्। नयाँ नेतृत्वका लागि सशस्त्र प्रहरी वलमा तीनजना एआइजी (अतिरिक्त महानिरीक्षक ) र प्रहरीमा चारजना डिआइजी (प्रहरी नायव महानिरीक्षक) दावेदार छन्।

सशस्त्र प्रहरी वल ऐन–०५७ र प्रहरी ऐन–१२ ले एआइजी  नभए डिआइजीपी संगठन प्रमुखमा नियुक्तीका लागि योग्य हुने ब्यवस्था गरेको छ। सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक दुर्जकुमार राई र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवाअवधिका कारण फागुन २ गते अवकास लिदै छन् ।

महानिरीक्षक राई र अर्यालको अवकासपछि सशस्त्र प्रहरी वल र नेपाल प्रहरीमा भावि प्रमुख एवं आइजी (प्रहरी महानिरीक्षक ) को? भन्ने विषयमा चासो बढेको छ। सशस्त्र प्रहरी वलको भन्दा नेपाल प्रहरीमा ‘आईजी को बन्ला’ भन्ने कुरामा सर्वसाधारणको चासो बढी छ।

आइजीपीका चार सम्भावित दावेदार नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये सिलवाल र चन्दको चर्चा–परिचर्चा र टिकाटिप्पणी अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा ब्यापक छ।

कतिपय अनलाइन मिडियाले यी दुईजना बरिष्ठ अधिकृतका विषयमा अनावश्यक टिकाटिप्पणी गर्नुका साथै बदनामी गराउने कार्य समेत गरेको पाइएको छ। जस्को प्रत्यक्ष असर सिंगो प्रहरी संगठनलाई परेको देखिन्छ।

एकजना पूर्वप्रहरी अधिकारी भन्छन– पत्रपत्रिका तथा अनलाइनमा राम्रो–नराम्रो समाचार लेखेकै भरमा आइजीपी कोही हुदैन। सरकारले गर्ने निर्णयमा भर पर्ने कुरा हो। प्रहरी ऐनमा आइजीपीका लागि जेष्ठता र बरिष्ठता भन्ने शब्द नै छैन।

योग्यता र क्षमताका लागि यी चारजना डिआइजीहरु समान छन्। आफूभन्दा अघिल्लो ब्याचका सातजना एसएस्पीलाई पछि पार्दै चारै जना फष्ट ट्रयाकबाट डिआइजीमा बढुवा भएका हुन। सरकारले आवश्यक ठानेमा यिनै चारजना मध्ये कुनै एकलाई संगठन प्रमुखको रुपमा नियुक्त गर्न सक्ने कानुनी ब्यवस्था छ।

उहाँहरुका समकक्षी केही प्रहरी अधिकृतहरु अझै एसएस्पीबाट डिआइजी समेत हुन सकेका छैन्न। तर, आईजी हुनका लागि दावेदारबीच चलेको गुटबन्दी, मिडियावाजी र अस्वस्थ टिकाटिप्पणीका कारण उहाँहरुको योग्यता र नेतृत्व सम्हाल्ने क्षमताको सहजै रुपमा मूल्याङकन गर्न सकिन्छ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना भन्नुहुन्छ, यस्तो कार्यले स्वयम् ब्यक्तिलाईमात्र होइन संगठनको विश्वसनियता र गरिमामाथि असर पार्छ।  जो भएपनि यी चारजना मध्यबाट नै हुने हो उहाँले भन्नुभयो, वाहिरबाट आउने होइन, उनीहरु कै साथी हुने हो।

जसको भागमा जे लेखेको छ त्यही पाउछ  उहाँले भन्नुभयो–आफू हुँदा राम्रो, अर्को हुँदा नराम्रो भन्ने भ्रम र मानसिकता बोकेर आफ्नै साथीको बदनामी गराउनु महा पाप हो। यस्तो कार्यले कसैको हित गर्दैन।

नेपाल प्रहरीमा नेतृत्व लिनका लागि समकक्षी तथा प्रतिश्पर्धी दावेदारबीच एक आपसमा खुलेरै एकआपसमा कटुआलोचना गर्ने रोग परम्परागत नै हो। विगतमा पनि यस्ता विकृति नदेखिएका होइनन्।

शान्तिसुरक्षाको भरपर्दो आधारको रुपमा रहेको प्रहरी अधिकारीबीचको यो लडाइ र गुटबन्दीले प्रहरी संगठन र प्रहरी कर्मचारीलाई बदनामी गराउनका साथै नेतृत्व लिने ब्यक्तिलाई समेत क्षति पुग्ने देखिन्छ। सशस्त्र प्रहरीमा भने यस्तो रोग देखा परेको छैन । गोरखापत्र दैनिकबाट

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.