
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिका(५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा झापा मेचीनगर नगरपालिका(१० घर भई भक्तपुर नगरपालिका(१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय बिनोद विश्वकर्मालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ६ सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका १ ईलाम बस स्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...