
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।
काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित Agriculture Company मा Fruits packing लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमतीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
अरु समाचार
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जन...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरील...
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्...
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार...