
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना पक्राउ
लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक शनिवार पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक भक्तपुरको जगातीबाट पक्राउ परेका हुन् ।
५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी ७ जना चालक लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एव. प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखी चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङख्या समेत बढेपछी कारबाहीलाई तिब्रता दिएको हो ।
मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले चालकलाई अनुरोध गर्नुभयो ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको ...
काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिक...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...