
सिआइबीअप्रेशन आक्रामक, बैंकिङ कसूर मुद्दाका फरार ४ जना पक्राउ
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकाश ज्योती, भक्तपुर सूर्यबिनायक नगरपालिका(१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका(६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका छन् । उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकाशलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलालाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार रुपैयाँ जरिवाना, विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना, राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार ८ सय ९० रुपैयाँ जरिवाना र नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धि जिल्ला अदालतमा पेश गरिएको छ ।
अरु समाचार
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जन...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरील...