
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भएपछि रास्वपाका संसदीय दलका नेता लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएको हो। चितवन २ बाट चुनाव जितेका लामिछानेलाई सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’ले गृहमन्त्रीमा नियुक्त गर्नु भएको हो। उनीमाथि अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। यसलाई फौजदारी कसुर मानिन्छ।
राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।
अरु समाचार
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको स...
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेक...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...
काठमाडौँका प्रजिअको सरुवा
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ ...
युएन मिसनको प्रश्नपत्र बाहिरिएपछि ३ प्रहरी...
प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएपछि ३ जना प्रहरीलाई ...
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...