
ट्राफिक प्रहरीमा मिरा चाैधरी आएपछि विशेष चेकिङ
ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन् ।
पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा कारबाही गरेको हो । जसमा मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालक समेत कार्वाहीमा परेका छन्। जसमध्ये २ जना स्कुल बसका चालक रहेका छन् ।
हाईड एन्ड सिक मन्टेश्वरी स्कुल सानो भर्याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक बिरेन्द्र तामाङ र फ्लोरोसेन्ट ईङ्लिस हायर सेकेन्डरी स्कुल बानियटारको बा २ क ६५७ नम्बरको बस चालक खिम प्रसाद पुनलाई नियन्त्रणमा लिएको हो । उनिहरुले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाईएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही पश्चात सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ । त्यस्तै मदिरा सेवन गरी पानी बोक्ने सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालक समेत कार्वाहीमा परेका छन् ।
नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको हो ।
आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारवाही गरेको हो ।
काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारवाही गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । महिला, अशक्त तथा जेष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोलीनै बनाएर काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चेक गरी कारबाही गर्दै आएको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको ...
काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिक...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
कटुवा पेस्तोल र गोली बरामद
घोडाघोडी नगरपालिका-११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कट...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु द...
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...