
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो ।
काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिनुभयो ।
निजका साथबाट विभिन्न बैंकका तीन थान चेकबुकसमेत बरामद गरिएको जनाइएको छ । निजलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग...
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षे...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जन...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरील...
टेलीग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोष्...
टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
सिआइबीअप्रेशन आक्रामक, बैंकिङ कसूर मुद्दाक...
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबा...