किशोरीलाई काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा शिक्षक पक्राउ

किशोरीलाई काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा शिक्षक पक्राउ

कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसका एक शिक्षक पक्राउ परेका छन्।

१६ वर्षकी किशोरीलाई नेवारी खाजा घरमा काम लगाइदिने प्रलोभन देखाएर यौनधन्दामा लगाएको आरोपमा क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

स्थायी घर गुल्मी जिल्ला साविक तिम्घा गाविस हाल सत्यावती गाउँपालिका घर भई हाल ललितपुर इमाडोल बस्ने ज्ञवालीलाई कात्तिक १७ गते पक्राउ गरेको हो।

गेष्ट हाउसमा राखेर दैनिक तीनदेखि पाँच जनासम्म पुरूषहरूसँग शारीरिक सम्बन्ध राख्न लगाउने गरेको पाइएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.