प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिनुभएको हो ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.