
आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा श्रीमान समेत २ जना पक्राउ
आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको, महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको, ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्याएको, म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएको, पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा गत जेठ ३१ गते पीडित नेपाल फर्कन सफल भएकी थिइन् ।
पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
अरु समाचार
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो न...
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो नोटहरु सहित धादिङमा २ जना ...
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...