
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
प्राप्त विवरणअनुसार काठमाडौँका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई मनाङ, इलाका प्रशासन कार्यालय टीकापुरका मोहनराज जोशीलाई डडेलधुरा र दाङका सहायक प्रजिअ चिरञ्जिीवी रानालाई म्याग्दीको प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
अरु समाचार
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...
काठमाडौँका प्रजिअको सरुवा
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ ...
युएन मिसनको प्रश्नपत्र बाहिरिएपछि ३ प्रहरी...
प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएपछि ३ जना प्रहरीलाई ...
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण
व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्म...
प्रहरी एकेडेमी काभ्रे सार्ने कि महाराजगन्ज...
पन्ध्रजना पूर्व महानिरीक्षकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान...
गृहमन्त्रीद्वारा पदबहाली
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा ...