काठमाडौंबाट दुबइ जान लागेका यात्रुको लगेजमा भेटियो ५० हजार साउदी रियाल

काठमाडौंबाट दुबइ जान लागेका यात्रुको लगेजमा भेटियो ५० हजार साउदी रियाल

काठमाडौंबाट दुबइ जान लागेका एक यात्रुको साथबाट ५० हजार साउदी रियाल बरामद भएको छ।

मंगलबार नेपाल एयरलाइन्सबाट दुबइ जान लागेका गुल्मी छत्रकोट ४ का ३९ वर्षीय तुल्सिराम कँडेललाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

कडेलले लिई आएको खैरो रंगको लगेजलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन
नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र साउदी रियाल पचास हजार , दुबई दिराम ९तीन सय असी  र नेपाली रुपैयाँ सोह्र हजार चार सय लुकाई छिपाई अवैध रुपमा वाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई सोधपुछ गर्दा बरामद भए बमोजिमको मुद्राहरु गुल्मी छत्रकोट  ४ स्थायी वतन भएका वर्ष ३८ को केशब राज कडेलले दिई पठाएको उनले बताएका छन।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.