पर्सा प्रहरीको सफलता, बम बिस्फोट र चन्दा असुलीका मुख्य योजनाकार पक्राउ

पर्सा प्रहरीको सफलता, बम बिस्फोट र चन्दा असुलीका मुख्य योजनाकार पक्राउ

२०७६ साल भदौं २४ गते वीरगन्ज ४ स्थित विर्ता बजारको तरकारी बजारमा सुतली बम विस्फोट भयो।

ब्यापारीहरु तर्साउन र रकम असुली गर्न एक समूहले समाजलाई आतंकित बनाइरहेको थियो। यसैक्रममा अनुसन्धान गर्दै जादाँ प्रहरीले वीरगन्ज २४ का इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई पक्राउ गर्यो।

प्रहरीले उनीहरुको साथबाट विस्फोटक पदार्थसमेत बरामद गरेको थियो। उनीहरुलाई विस्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराध मुद्दा चलाइयो। जिल्ला अदालत पर्साले उनीहरुलाई २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना सुनायो। घटनाका मुख्य योजनाकार भने अझै पक्राउ परिसकेका थिएनन। फुलहसन अन्सारी नजिकै रहेको भारतमा पसेका थिए।

भारतमा लुकेर पनि उनले अपराध गर्न भने छाडेनन। वीरगन्जका ब्यापारीसँग मोटो रकम मागि नै रहन्थे।  फुलहसन अन्सारी सोमबार पक्राउ परेका छन। भारतको मुजफ्फपुरमा बसेर उनले नाम ढाँटेर अंकित पटेल बनाएका थिए। भारतीय आधार कार्ड बनाएका थिए।

फुलहसन अन्सारीले २०६५ पुस ७ गते वीरगंज १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेका थिए। घटनामा संलग्न उनलाई अदालतहरूबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भई कैद भुक्तान गरिरहेकोमा बडादशैँको अवसरमा मिति २०७४ असोज ८ गते ५६५ बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका थिए।

फुलहसन अन्सारी विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आवद्ध भई थुप्रै आपराधिक घट्ना घटाएको भन्ने बुझिन आएको एसपी बेलबहादुर पाण्डेले बताए।

साथै आफ्नो पहिचान बदली भारतको मुजफ्फरपुरमा बसी केही व्यक्तिहरू मार्फत फिरौति लिने लगायतका कृयाकलाप गरिरहेको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.