म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम’ राखेर ३ करोड माग्ने पक्राउ

म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम’ राखेर ३ करोड माग्ने पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम’ राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

तीन करोड रुपैयाँ लिएर नागढुंगा लिएर आउन भन्दै उनीहरुले फोन गरेका थिए।

सो दिन उनीहरूले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.