सङ्खुवासभामा  ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्की सार्वजनिक

सङ्खुवासभामा  ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्की सार्वजनिक

सङ्खुवासभामा  ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

के भएको थियो भदाैं २१ मा

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको थियो । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नाति/नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.